Sunday, September 30, 2012

नेपालको सबै हलमा हिन्दी तथा अंग्रेजी चलचित्र आजदेखि नचलाइने

१४ असोज, काठमाडौ । नेपाल चलचित्र संघले नेपालाको हलमा हिन्दी तथा
अंग्रेजी चलचित्र प्रदर्शनमा रोक लगाएको छ । नेकपा–माओवादी र संघका
पदाधिकारीबीच शुक्रबार भएको वार्तामा केही दिन हिन्दी तथा अंग्रेजी
चलचित्र नलगाइने सहमति भएको हो । नेकपा–माओवादीसँग भएको सहमतिको विस्तृत
विवरण संघले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले गत बुधबारदेखि नेपालमा हिन्दी
सिनेमा प्रदर्शनमा रोक लगाउनुपर्ने माग चर्काउँदै आएको थियो । माओवादीको
घोषणा बावजुद हलहरुले शनिबारसम्म हिन्दी चलचित्रको प्रदर्शन कायमै राखेका
थिए । दुई साताअघिप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र
बुझाए पनि बेवास्ता गरिएकाले त्यसलाई कार्यान्वयन गराउने क्रममा हिन्दी र
अहिले थप अंग्रेजी चलचित्रमा रोक लगाउने तयारी गरिएको नेकपा–माओवादीले
जनाएको छ ।
नेपालीलाई गालीगलौज गरिएका, अश्लीलतापूर्ण तथा नेपालका विषयमा भ्रमपूर्ण
सन्देश फैलाउने खालका चलचित्र रोक्ने तयारी मात्र गरिएको बताउदै आयको
नेकपा–माओवादीले अहिले हिन्दी र अंग्रेजी पूरै चलचित्र प्रदर्शनमा रोक
लगाउने निर्णय सार्वजनिक गरेको थियो ।
नेपालीलाई गालीगलौज गरिएका, अश्लीलतापूर्ण तथा नेपालका विषयमा भ्रमपूर्ण
सन्देश फैलाउने खालका चलचित्र रोक्ने तयारी मात्र गरिएको बताउदै आयको
नेकपा–माओवादीले अहिले हिन्दी र अंग्रेजी पूरै चलचित्र प्रदर्शनमा रोक
लगाउने निर्णय सार्वजनिक गरेको थियो ।
चलचित्र प्रदर्शकको छाता संगठन नेपाल चलचित्र संघ स्रोतले
नेकपा–माओवादीले दुई महिनासम्म चलचित्र प्रर्दशनमा रोक लगाउन आग्रह गरे
पनि संघले पाँच दिन मात्र नचलाइने निर्णय गरेको बताएका छन् । नेपाल
सरकारले बनाएको ऐन–नियमका आधारमा देशैभर व्यापार गर्न पाउनु आफूहरूको
अधिकार भएकाले कानुनको दायराभित्र रहेर चलचित्र प्रदर्शन गर्न पाउनुपर्ने
बताउँदै आएका संघका महासचिव प्रदिप उदयले आइतबार पत्रकारसम्मेलनमार्फत
संघका थप धारणा सार्वजनिक गरिने बताए।
Comments:

No comments:

Post a Comment