Monday, September 3, 2012

प्राथमिक उपचार नपाउँदा ५० प्रतिशत नेपालीको अकालमै मृत्यु

१८ भदौ, काठमाण्डौं । प्राथमिक उपचारको अभावमा ५० प्रतिशत सर्वसाधारण नेपालीको अकालमै ज्यान जाने गरेको छ । नेपाल रेडक्रम सोसाइटीका अनुसार सडक दुर्घटना, भूकम्प, आगलागी, ग्याङ फाइट, स्कूलको छतबाट खसेर र माटोको ढिस्कोले पुरिएर अकालमै मृत्यु हुने गरेको हो । रेडक्रसको प्राथमिक उपचार महाशाखा प्रमुख कृष्ण घिमिरेले सामान्य प्राथमिक उपचारको अभावमै ५० प्रतिशत मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।
‘जुनसुकै घटना भएपनि तत्काल उपचार नपाएर मर्नेको संख्या ५० प्रतिशत छ,’ घिमिरेले भने ‘समयमै प्राथमिक उपचार सेवा पाएमा धेरैलाई अकालमै ज्यान जानबाट जोगाउन सकिन्छ ।’ विभिन्न कारणले देशभर दैनिक एकसय भन्दा बढी मानिसले अकालमै ज्यान गुमाउने गरेको खबर राजधानी दैनिकले छापेको छ ।
अकालमै ज्यान जानेहरुमा सवैभन्दा धेरै सडक दुर्घटनाका पिडित रहेको रेडक्रमसले जनाएको छ । सामान्य प्राथमिक उपचार नपाएर कालमा हुने मृत्यु रोक्न रेडक्रसले देशभरका ५३ लाख घरमा प्रतिपरिवार एक सदस्यलाई प्राथमिक उपचार तालिम अनिवार्य दिनुपर्ने बताउँदै आएको छ ।

No comments:

Post a Comment