७५ ग्रामको चाउचाउ ७२ ग्राममात्र -
खिलानाथ ढकाल, विराटनगर, भदौ १८- उपभोक्ता ठगीको आरोपमा नापतौल तथा गुण
नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले उद्योगपति राजेन्द्र खेतान
समूहको लगानी रहेको हिमालयन स्यान्क्स प्रा.लि.द्वारा उत्पादित रुची
चाउचाउ बिक्रीमा रोक लगाएको छ।
आज बिहान उक्त कम्पनीको विराटनगरस्थित विष्णु लीला सप्लायर्स गोदाममा
छापा मारी कार्यालयले चाउचाउ बिक्री वितरण बन्द गराएको हो।
नापतौलका क्षेत्रीय प्रमुख शशिभुषण यादवका अनुसार रुची चाउचाउको ७५ ग्राम
तौल उल्लेखित प्याकेटमा चार ग्रामसम्म कम तौल भेटिएपछि गोदाममा छापा
मारिएको हो।
'कम तौल रहेको चाउचाउ बिक्री भइरहेको विशेष जानकारीका आधारमा छापा
मारिएको हो,' यादवले नागरिकन्युजसँग भने, 'अनुसन्धान नसकिएसम्मका लागि
बिक्री वितरण गर्न बन्देज लगाएका छौं।'
प्रा.लि.ले ७५ ग्रामको चाउचाउ १५ रूपैयाँ प्रतिप्याकेट बिक्री गरिरहेको
थियो। उक्त गोदामबाट बरामद गरिएका चाउचाउ स्ट्यान्डर मापन उपकरणमा
तौलिँदा ७५ ग्रामको प्याकेटमा ७१, ७२, ७२ दशमलव तीन सय ग्राममात्र फेला
परेका छन्। गोदाममा रहेका एक सय १५ कार्टुन चाउचाउ सिल गरिएको यादवले
जानकारी दिए।
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment