१८ भदौ, काठमाण्डौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशमा उपचार गर्दा ३० लाख रुपैयाँ सकेका छन् । उपचार खर्च राष्ट्रको ढुकुटीबाट बेहोरिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको उपचार खर्च राज्यले बेहोर्नेप्रस्ताव उनले सीधै मन्त्रिपरिषद्मा लगेका थिए ।तर, मन्त्रिपरिषदको निर्णयमाश्रेष्ठले गरेको उपचार खर्चको विवरण हालसम्म पनि सलग्न गराइएको छैन् । सरकारले सो निर्णयलाई हालसम्म गोप्य राखेको खबर नयाँ पत्रिका दैनिकले छापेकोछ ।
अर्थमन्त्रालयका अनुसार श्रेष्ठलाई पहिलो किस्तामा २८ लाख र दोस्रो किस्तामा २ लाख गरी ३० लाख रुपैयाँ उपलब्ध गराईएको थियो । उनले गत माघमा जापानस्थित होकाइडोयुनिभर्सिटीमा गराएका थिए ।
No comments:
Post a Comment