Saturday, September 1, 2012

मलेसिया एयरलाइन्सको काठमाडौं उडान सुरु

१६ भदौ, काठमाडौं । मलेसिया एयरलाइन्सले नेपालमा शनिबारदेखि आफ्नो नियमित
उडान प्रारम्भ गरेको छ । यससँगै नेपालमा अब उडान सञ्चालन गर्ने
अन्तर्राष्ट्रिय विमान कम्पनीको सङ्ख्या ३१ पुगेको छ ।
मलेसियाका यातायात उपमन्त्री दातो अब्दुल रहिम बक्रीको नेतृत्वमा
एयरलाइन्सको पहिलो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
गरेको छ । सातामा मङ्गलबार, बिहीबार र शनिबार गरी तीनवटा मलेसियाको
क्वालालम्पुरबाट प्रत्यक्ष उडान सञ्चालन गर्ने बोइङ ७३७-८०० को सिट
क्षमता १ सय ६० छ ।
मलेसियाका उपमन्त्री दातोले नेपाल र मलेसियाबीचकूटनीतिक सम्बन्ध स्थापना
भएदेखि नै आर्थिक, व्यापारिक र पर्यटन क्षेत्रमा द्विपक्षीय हितकाकार्य
हुँदै आएको र यस हवाई उडानले ती क्षेत्रका आपसी सम्बन्धलाई अझ सुदृढ
गर्ने बताउनुभयो । उहाँले मलेसिया पर्यटकीय देश भएको बताउँदै विश्वको
सर्वोच्च शिखर सगरमाथा रहेको देश नेपालमा पनि अधिकतम् पर्यटकलाई भ्रमण
गर्न यस हवाई उडानले सुविधा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले नेपालको खुला हवाई नीति
अवलम्बन गरेपछि अन्तर्राष्ट्रिय जगतबाट थुप्रै विमान कम्पनीहरु नेपालमा
उडान गर्न आकषिर्त हुँदै गएको र यसबाट पर्यटन प्रवर्द्धन, व्यापार वृद्धि
र सांस्कृतिक आदानप्रदानका लागि सघाउ पुगेको बताउनुभयो । उहाँले नेपाललाई
उत्कृष्ट पर्यटकीयगन्तव्यका रुपमा मलेसियामा प्रचारप्रसार गरिदिन विमान
कम्पनीलाई आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment