Friday, September 7, 2012

धनकुटाको लेगुवामा भीषण आगलागी

धनकुटा, भाद्र २२ - धनकुटाको लेगुवा ४ स्थित रामबजारमा गए राति भएको भिषण आगलागीमा ६ घर सहित ५ पसल जलेर नष्ट भएको छ । घटनामा एक गम्भीर घाइते भएका छन् ।
राति साढे ११ बजे स्थानीय हेमबहादुर अधिकारीको घरबाट विद्युत सर्ट भएर शुरु भएको आगो अन्य घरमा समेत सल्किएको प्रहरीले जनाएको छ । बजारका ६ घर र त्यसमा भाडामा रहेका ५ पसल नष्ट भएको छ ।
घटनाको प्रारम्भिक विवरण अनुसार १ करोड ३ लाख ६० हजार बराबरको सम्पत्ति क्षति पुगेको छ । स्थानीय देवेन्द्र साहको २७ लाख, तेजबहादुर पुरीको २० लाख, दिनदयाल शर्माको २९ लाख ४० हजार, महावीरप्रसाद राईको १६ लाख, गन्जबहादुर राई ५ लाख, हेमकुमार अधिकारी २० लाख ६० हजार, खगेन्द्र श्रेष्ठ ३ लाख ६० हजार, काजी राईको १५ लाख बराबरको सम्पति क्षति भएको छ ।
आगलागी शुरु हुनासाथ लेगुवा प्रहरी चौकी र भोजपुरको जरायोटार प्रहरी साथै स्थानीयबासीले नियन्त्रण प्रयास गरेका थिए । करिब तीन घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
आगलागीसंगै एलपी ग्याँस सिलिन्डर विष्फोट हुँदारमेश साह गम्भीर घाइते भएका छन् । उनको धरानस्थितविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment