Saturday, September 1, 2012

महिलाले छोरो होइन नाती जन्माइन्

आमाले छोराछोरी जन्माउँछिन् तर के तपाइँले कहिल्यै कुनै महिलाले
नातिनातिनी जन्माएको थाहापाउनुभएको छ ? सायद यस्तो हुनै नसक्ने कुरा हो
भन्ने तपाइँलाई लाग्न सक्छ ।
जुन महिलाले सन्तान जन्माएपछि आखिर त्यो उनको छोरा वा छोरी मध्ये एक
हुन्छ । तर सधै यस्तो हुँदो रहेनछ । त्यसैले होला अमेरिकामा हालै एक
महिलाले छोरो नभएर नाती जन्माएकी छिन् ।
यस्तो कसरी हुनसक्छ ? भन्ने स्वभाविक जिज्ञासा तपाइँको हुनसक्छ । तर
म्यासाच्युसेट्सकी ४९ वर्षीया लिन्डा सिरोइसले खसोखास नाती नै जन्माएकी
छिन् । हुनत उनी आफैले जन्माएको बच्चा उनको छोरो नै हुनुपर्ने हो, तर
उनले आफ्नी छोरीका लागि उक्त बच्चा जन्माइदिएकी भएकीले त्यो उनको छोरो
नभएर नाती भएको हो ।
वास्तवमा आफ्नी छोरी एन्जेल हबर्ट मुटुरोगी भएकी र उनी मुटुको रोगका कारण
बच्चा जन्माउनु खतरनाक हुने भएकाले छोरीको आमा बन्ने सपना पूरा गरिदिन
लिन्डाले छोरीको सन्तानको रुपमा आफैले गर्भाधारण गरी भाडाकी आमा बनिदिएकी
हुन् । अगष्ट १३ मा उनले सल्यक्रियाबाट बच्चा जन्माइन्, उसको नाम म्याडेन
हबर्ट राखिएको छ । अस्पतालमा छोरीकै अगाडि लिन्डाले नाती जन्माइदिइन् ।
सासुले आफ्नो लागि छोरा जन्माइदिने कुरामा एन्जेलका लोग्ने ब्रेइन पनि
सहमत भएपछि यस्तो संयोग जुरेको हो ।
लिन्डाले टेष्टट्यु प्रविधिबाट गर्भाधारण गरेकी थिइन् । छोरी एन्जेलको
डिम्ब र ज्वाइँ ब्रेइनको शुक्रकिटबीच टेष्टट्युबमै निशेषच गराएर भ्रुणलाई
लिन्डाको पाठेघरमा राखिएको थियो। त्यसैले उक्त बच्चा वास्तवमै लिन्डाको
थिएन अर्थात् उनले त केवल भ्रुण हुर्किनका लागि पाठेघर मात्र दिएकी थिइन्
। नाती जन्माउन पाएकोमा लिन्डा निकै खुसी थिइन् र उनी भन्थिन्, 'यो बच्चा
पूरै उनीहरुकै छोरो हो, मेरो पाठेघर त केवल भाडामा लिइएको कोठाजस्तै थियो
।'
ओहो कस्तो अचम्म । महिलाले छोरो मात्र होइन साँच्चीकै नाती पनि आफै
जन्माउँदा रहेछन् ।

No comments:

Post a Comment