Monday, August 27, 2012

जीप दुर्घटना १ को मृत्यु, ४ घाइते

११ भदौ, नवलपरासी । नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दलदले बुलिङ्गटार सडक खण्ड अन्तरगत पाङ्ग्रेमा सडकबाट जीप खस्दा
जीपमा सवार बुलिङ्गटार -३ का ३६ बर्षीय सोमबहादुरकुमाललको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।
अर्खलाको पोखरीबाट विरामी लिएर दलदले आउदै गरेको लु १ ज १८०७ नम्बरको पीकअप जीप सडकबाट करिब पाच मिटर तल खस्दा दलदलेबाट ३० किलोमिटर उत्तरतर्फ रहेको पहाडी क्षेत्र पाङ्ग्रेमा खसेको थियो ।

No comments:

Post a Comment