Saturday, September 1, 2012

गाविस कार्यालयमा भेटिएको बमले जनजीवन त्रसित

भोजपुर, भदौ १४ - भोजपुरको घोडेटारस्थित रानिवास गाउँ विकास समितिको कार्यालयमा भुमिगत किराँत जनवादी वर्कस पार्टीले राखेको प्रेसर कुकर बमका कारण शुक्रवार दिनभर वरपरको जनजीवन प्रभावित भयो । बम पड्किन सक्ने भन्दै गाविस वरपरका वासिन्दाहरु दिनभर त्रासमा रहे । गाविसको मुलढोकामा कुकर बम राखिएको र त्यसबाट निकालिएको तारमा ब्याट्री तथा घडी रहेको प्रहरीले जनाएको छ ।
सेना तथा प्रहरीको टोलीले बम राखेको ठाउँलाई सुरक्षित बनाई घेरा हालेर राखेको गाउँलेले बताएका छन् । बमलाई सुरक्षित स्थानमा डिस्पोज गर्नका लागि धनकुटाबाट नेपाली सेनाको टोली त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । सेनाको टोली आएपछि जाँचपड्ताल गरेर मात्र बम डिस्पोज गरिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment