Sunday, August 19, 2012

माओवादीका घरबारमा पनि युद्ध

३ भदौ, काठमाण्डौं । फेरिँदै गएको नेपाली जीवनशैलीमा सम्बन्धविच्छेद पनि बढ्दै छन् । अझ १० बर्षे जनयुद्ध गरेर आएको माओवादी भित्र पनि सम्बन्धविच्छेद राजनीतिक मुद्धा बन्न थालेको छ । अरु दलका नेता कार्यकर्ताभन्दा माओवादी नेता कार्यकर्तामा यो समस्या चर्को रुपमा आएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
युद्धकालमा गरिएका अन्तरजातीय विवाहमध्ये २० प्रतिशत समस्या देखिएको छ । जसका कारण कैयौं नेता कार्यकर्ता यौनकाण्डमा फसे भने धेरैको सम्बन्ध तोडिएको छ । अनि अझै धेरैका मुद्धा अदालतमा रहेका छन् ।
पार्टीको कामको बहानामा घरपरिवारलाई ध्यान नदिने, घरको सवैकाम र समस्या श्रीमतीको टाउकोमा छोड्ने समस्या पुरुषहरुमा देखिएको महिलाले आरोप लगाएका छन् ।
माओवादी स्थायी समिति सदस्य तथा मन्त्री टोपबहादुर रायमाझि र उनकी पत्नी सीमाबीच पनि सम्बन्ध विच्छेदभयो । सीमाले अर्को केटासँग आफ्नो विवाह भएको भन्दै सम्पत्तिका लागि अदालतमा मुद्धा हालेकी छन् । माओवादी नेता जनार्दन शर्माको रोहबरमा विहे गरेका पूर्वसभासद टेकेन्द्र भट्ट ररेणु चन्दको सम्बन्ध कायम राख्न नेता लेखराज भट्टले धेरुै प्रयास गरेपनि त्यो अपुरो नै भयो र अन्ततः सम्बन्ध विच्छेद भयो । यो प्रक्रिया नेताहरुमा मात्र नभई स्थानिय स्तरका कार्यकर्तामाझ पनि देखिएको छ।

No comments:

Post a Comment