Sunday, September 23, 2012

दशैतिहारका लागि असोजमै २० हजार टन चिनी ल्याइने

असोज, काठमाण्डौं । नेशनल ट्रेडिङ लिमिटेडलेले सरकारसँग पाँच करोड
रुपैयाँ ऋण पाएपछि सहुलियत दरको २० हजार टन चिनी असोजमै ल्याउने तयारी
गरेको छ ।
सरकारले असोज ४ गते गरेको ऋण दिने निर्णयपछि दशैतिहारमा बजारमा चिनी
पर्याप्त उपलब्ध हुने लिमिटेडका आयात विभागका निमिक्त प्रमुख श्यामकुमार
श्रेष्ठले जानकारी दिए । उनले भने,' असोजमै चिनी ल्याउने तयारी भएको छ,
पहिलोपटक २ हजार ५ सय टन चिनी आउँछ ।' लिमिटेडको आर्थिक अभावका कारण
निर्धारित कोटा अनुसार चिनी आयात गर्न नसकेको खबर अभियान दैनिकले छापेको
छ।
सरकारले गत जेठ महिनामा दशैतिहारमा चिनी अभाव हुन नदिन एक प्रतिशत भन्सार
शुल्कमा साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल ट्रेडिङ लिमिटेडलाई २० हजार टन
चिनी आयात गर्न दिने निर्णय गरेको थियो ।

No comments:

Post a Comment