Monday, August 20, 2012

भ्रष्टाचारको अखडा ६ मन्त्रालय, भूमिसुधार तथाव्यवस्थामा सबैभन्दा बढी भ्रष्टाचार !

४ भदौं, काठमाण्डौं । गृहसहित ६ ओटा मन्त्रालय सबैभन्दा बढस् भ्रष्टाचार हुने सरकारीनिकायका रुपमा परिणत हुँदै गएको तथ्य खुलेको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनसन्धानबाट भ्रष्टाचारमा ती मन्त्रालय सवैभन्दा अगाडीरहेको पाईएको हो ।
केन्द्रका अनुसार भूमिसुधार तथा व्यवस्था मन्त्रालय सबैभन्दा बढी भ्रष्टाचार हुने दर्जामा रहेको छ । यसैगरी भ्रष्टाचार हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो, शिक्षा तेस्रो, गृह चौथो, कृषिविकास पाँचौ र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय छैटौंमा परेको सर्तकता केन्द्रले तयारपारेको प्रतिवेदनमा उल्लेख गरिएको खबर राजधानी दैनिकले छापेको छ । केन्द्रका अनुसार यी ६ मन्त्रालयमा भ्रष्टाचार, अनियमितता र पदीय दुरुपयोगलेसीमा नाघेको छ ।
आर्थिक बर्ष ०६८/६९मा भूमिसुधार तथा व्यवास्था मन्त्रालयको ९५ प्रतिशत, स्वास्थ्य तथा जनसंख्याको ८७, शिक्षाको ७६, गृहको ७०, कृषि विकासको ६४ र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ५६ ओटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका थिए । उक्त उजुरीमाथि छानविन गर्दा जताततै भ्रष्टाचार र अनियमितता हुनेगरेको खुलासा भएको हो ।

No comments:

Post a Comment