Saturday, August 18, 2012

प्रहरी र स्थानीयबीच झडप, १८ जना घाइते

रितेश त्रिपाठी, वीरगञ्ज, भदौ २- पर्साको भवानीपुर-२ मा प्रहरी र स्थानीयबीच झडप भएको छ। त्यहाँ सञ्चालित दुई उद्योगले गाउँमा प्रदुषण फैलाएपछि बन्द हुनुपर्ने मागराख्दै प्रदर्शणमा उत्रिएका स्थानीयलाई प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो। झडपमा १८ जना स्थानीय घाइते भएका छन्।
'नरायणी बोन चिप्स इन्ड्रटिस् र मध्यमाञ्चल बोनचिपस् इन्डट्रिज सञ्चालनमा आएपछि गाउँ नै प्रदुषण बनेको छ,' स्थानीय सुरेश शाहले भने, 'हिजोमात्र हामीले तालाबन्दीगरेका थियौं। यसमा प्रहरी र प्रशासनले पनि एक्वेबद्धता जनाएका थिए। तर आज एक्कासि ताला फुटाइयो।'
उनले उद्योग बन्द नगरेसम्म आन्दोलन जारी राख्ने बताए। अर्का स्थानीय जगदीश ठाकुरकाअनुसार प्रदुषणले स्कुल पनि प्रभावित बनेको बताए। उनले स्थानीय मठ पनि प्रदुषणको चपेटामा परेको बताए।
मध्यमाञ्चल उद्योगका ब्यवस्थापक आरस आलमले भने हाम्रो कारणले गाउँ प्रभावितनबेको बताए। 'हाम्रो कारणले प्रदुषण भएको हैन,' उनले भने, 'गाउँलेहरु त्यसै आबेगमा आएर हामीविरुद्ध खनिएका छन्।'
नारायणी उद्योगका व्यवस्थापक अमर यादवको भनाई पनि त्यही रहेको छ।

No comments:

Post a Comment