Sunday, August 19, 2012

पैसा सापटि लिएर सम्पर्कविहीन

जोहोर । घरमा आमा विरामि भएको वहाना वनाएर साथीसंग पैसा सापटि लिएपछि एक नेपाली साथीभाईहरु संग सम्पर्क विहिन भएका छन् । लमजुङ जिल्ला गौडा गाविस घर भई जोहोरको Texpack industrial sdn bhd मा कार्यरत सुर्दशन नामले समेत चिनिने खेमराज घले साथीभाईसंग पैसा सापटि लिएर सम्पर्क विहिन भएका हुन् ।
काठमाण्डौको वालुवाटारमा रहेको यका ओभरसिज प्राली मार्फन ३३ महिना अगाडि रोजगारीमा मलेसिया आएका घलेले सुर्यमान परियारवाट १५सय तीस, दयाराम रम्तेलवाट ८ सय,नारायण गिरीवाट २९सय, सोम खड्कावाट ५सय, विक्रम राईवाट २ सय, युवराज सिजांलीवाट ४सय ५०,कम्पनीको मेडम तानवाट ४सय,पेपेको आरएम २ सय, खाना खाएको रेष्टुरेष्टको १हजार गरी ७ हजार ९ सय ८० रिगेट लिएर सम्पर्क विहिन भएका हुन् ।
घरमा आमा विरामि भएको वहाना वनाइसकेपछि साथीभाईहरुले पनि प्रदेशमा सवैलाई यस्तै दुखपिरपर्छ भन्दै सहयोग गरेका थिए । सवै संग पैसा उठाएकोदिनपछि भने उनी सम्पर्क विहिन भएका छन् । उनलाई कसैले देखेर खवर गरिदिएमा ५सय रिगेट सहयोग दिने समेत पिडितहरुले बताएका छन् ।

No comments:

Post a Comment