Thursday, May 10, 2012

बन्दले उपत्यका सहित मुलुकभरको जनजीवन ठप्प

काठमाडौ, वैशाख २८ - ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दका कारण काठमाडौं उपत्यकाका जनजीवन बिहानैदेखि प्रभावित भएको छ ।
समाजमा आवद्ध युवाहरु बिहानैदेखि विभिन्न चोक चोकमा उभिएर प्रदर्शन गर्नुका साथै यातायात संचालनमा अवरोध पुर्‍याएका छन् । प्रहरीले जवरजस्ती सवारी साधन रोक्न खोजेका दर्जनौं व्यक्तिलाई पक्राउ समेत गरेको छ । राजधानीका सडकमा बिहान केही सवारी साधन गुडेपनि ८ बजे पछाडिकरिब करिब ठप्प नै देखिएको छ । सर्वसाधारण हिडेर गन्तव्य तर्फ गइरहेको देखिएको छ ।
समाजले नेपाल बन्द आव्हान गरेका कारण मुलुकको अन्य भागमा पनि जनजीवन प्रभावित भएको छ । समाजको बन्दमा जातीय राज्यको बिरोध गर्दै आएका अन्य समूदायको पनि समर्थन देखिएको छ ।
मुस्लिमद्वारा बन्द
लहान । मुस्लिम समूदायको छुट्टै पहिचानसहितको संविधान बन्नुपर्ने माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आव्हान गरेको वन्दका कारण आज (विहीबार) सिरहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सिरहाको लहान लगायतका क्षेत्रमा यातायात, बजार, पसल, कलकारखाना बन्द छन् । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका कार्यकर्ताहरु विहानैदेखि लहानमा यातायात, बजारवन्द गराउन निस्किएका थिए । पूर्व पश्चिम राजमार्ग लगायत सिरहाका सहायक मार्गमा समेत यातायात वन्द छ । एम्वुलेन्स, प्रेसका गाडीलाई भने अवरोध गरेका छैनन । गठवन्धनले शान्तिको बहाली, नया बन्ने संविधानमा मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै बैशाख २० गतेदेखि चरणवद्ध संघर्षको कार्यक्रम गर्दै आएका छन् ।
इनरुवा । मुस्लिम संघर्ष गठबन्धनले आहृवान गरेको तराइ बन्दका कारण आज सुनसरीको जनजिवन पुर्ण रुपले प्रभाबित भएको छ । पुर्व पश्चिम लोमार्गको सुनसरी खण्डमा कुनै पनि सवारी साधन चलेका छैनन् ।
एकैदिन तीन संगठनको बन्द
नेपालगञ्ज । बाँके लगायत तराई क्षेत्रमा बिहीवार एकसाथ तीन संगठनले बन्द आव्हान गरेका छन् । संयुक्त संघर्ष समिति, राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धन र अखण्ड मध्यपश्चिम संघर्ष समितिले समान उद्देश्य राखेर छुट्टाछुट्टै बन्दआव्हान गरेका हुन् । क्षेत्री समाज, ब्राहृमण समाज, ठकुरी समाज, दशनामी समाज, दलित जनजागरण सेवा संघ, विभेद मुक्ति प्रगतिशिल समाज, खस क्षेत्री एकता समाज र पिछडा वर्ग महासंघ सम्मिलित संयुक्त संघर्ष समितिले बिहीवार र शुक्रवार नेपाल वन्द आव्हान गरेको छ ।
दाङ । राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि संयुक्त संघर्ष समीतीले आह्वान गरेको दुई दिने नेपाल बन्दका कारण आज विहानैदेखि दाङको जनजिवन प्रभावीत भएको छ । संघर्ष समितिमा ब्राम्हण, क्षेत्री लगाएतका बिभिन्न जातिगत संघ संगठनहर समावेश छन् । संयूक्त संघर्ष समितिले आयोजना गरेको दुइदिने नेपाल बन्दले विहीबार पहिलो दिन सिन्धुली को जनजीवन समेत प्रभावित बनेको छ । धनकुटा मा ब्राम्हण क्षेत्री समाज, दशनामी लगायतले आजदेखि गराएको बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
अखण्ड मध्यपश्चिमको माग
गुलरिया । अखण्ड मध्यपश्चिमको माग गर्दे स्थानियले आहृवान गरेका बन्दले बर्दियाको जनजिवन प्रभावित भएको छ । जातीय राज्य बनाउन पाईदैन, मध्यपश्चिम टुक्राउन पाईदैन,हिमाल,पहाड,तराई हाम्रो साझा अधिकार लगायतका माग राख्दै दुई दिने बन्दको आहृवान गरेका हुन् ।

No comments:

Post a Comment