Sunday, August 19, 2012

झापामा पाँच अर्बको पशु व्यापार

३ भदौ, भद्रपुर । पशुपालनका साथै यसको व्यापारबाट मनग्य आम्दानी हुन थालेपछि कतिपय झापाली पशु व्यापारतर्फ आकषिर्त भएका छन् । झापामा गत आर्थिक वर्षमा पाँच अर्ब आठ करोड ६३ लाख ४२ हजार रुपैयाँ बराबरका विभिन्न जातका पशुकोव्यापार भएको देखिएकाले यसतर्फ किसान र व्यापारी आकषिर्त भएका हुन् ।
जिल्लाका विभिन्न २० वटा हाटबजारमा गत आर्थिक वर्षमा गाई, गोरु, भैँसी, राँगो, बङ्गुर, बाख्रा, खसी, बोका र कुखुरासहित सो मूल्यबराबरको बिक्री भएको हो । खुदुनाबारी, धुलाबारी, सुरुङ्गा, बाहुनडाँगी, कोहोबरा, केचना, राजगढ, घैलाडुब्बालगायतका गाविसमा प्रत्यक साता लाग्नेहाटबजारमा किसान र व्यापारी विभिन्न पशु बिक्रीका लागि ल्याउने गर्छन् ।
त्यसैगरी, दूघे, शनिश्चरे, घेराबारी, पथरिया, चकचकी, डाँगीबारी, पाँचगाछी, शिवगञ्ज, सतासीधाम, बनियानी गाविसका साथै दमक र भद्रपुर नगरपालिकाका हाटबजारमा पशुहाटबाट पशु बिक्री हुने गरेको छ । झापाका उपभोक्ताका लागि यहाँ पालिएका खसी, ब्राखाबाट मात्र मासुको माग पूरा नहुने भएकाले भारतबाट अत्यधिक मात्रामा ती पशु आयात भइरहेको जिल्ला पशुसेवाकार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment