Tuesday, August 21, 2012

पाँचथरमा दुईको हत्या, तीन घाईते

५ भदौ, पाँचथर । लुटेरा समूहले पाँचथरको सराङडाँडा १ स्थित देउरालीमा २ जनाको हत्या गरेको छ । ६३ बर्षीय भक्तप्रसाद आङदेम्वे र उनकै नातिनी ४ वर्षीया यमुना योङहाङको हत्या भएको हो ।
लुटेराको आक्रमणमा परी गम्भीर घाईते भएका तीन जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अन्य ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोमबार राति आएका लुटेराहरुको एक समूहले मृतक आङदेम्वे र अटल बहादुर आङदेम्वेको घरवाट १२ लाख ५० हजार नगद र २१ तोला सुन लुटेर फरार भएका थिए ।
घटनामा संलग्न भएको आरोपमा नवमीडाँडा ४ का लसु लिम्वु, र सङखुवासभा जलजलेका इन्द्र लिम्वुलाई झापा प्रहरीले दमकवाट पक्राउ गरेको पाँचथरका प्रहरी निरीक्षक याम बहादुर पौड्यालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment