Tuesday, August 21, 2012

बिजुलीको खम्बा ढल्दा धानगोडिरहेकी युवतीको करेन्ट लागी मृत्यु

गोरखा, भदौ ५ (नागरिक)- मनकामना-६ बस्ने २७ वर्षीया रमिना अर्याल खेतमा धान गोड्ने क्रममा आज बिहान ११ बजे बिजुलीको पोल ढली करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ।
त्यसैगरी काठमाडौं महानगरपालिका जैशीदेवल बस्ने सोलुखुम्वु घर भएकी २८ वर्षीया ताराकुमारी शर्मा फुयालको आज बिहान साढे ७ बजे बच्चा जन्माउने क्रममा मृत्यु भएको छ।
उनलाई भदौ ३ गते प्रसुती व्यथा लागि उपचारको लागि प्रसुतिगृह थापाथली लगिएको थियो। उनको बच्चा भने सकुशल जन्मिएको छ।
डाक्टरको लापरबाहीका कारण आमाको मृत्यु भएको भनि मृतकका आफन्तहरु भेला भई अस्पतालको कम्पाउण्डमा आज मध्याह्न नाराबाजी गरेका थिए।

No comments:

Post a Comment