Friday, September 21, 2012

गोल्छाको चिनी मिलले किसानको २० करोड दिएन ::

। गोल्छा समूह अन्र्तगतको रौतहटको गौरस्थित श्रीराम
सुगर मिल्सले अघिल्लो सिजनमा किनेको उखुको करिव २० करोड रुपैयाँ नतिरेपछि किसान
आन्दोलनमा उत्रिएका छन् ।
कृषकसँग उखु किनेको ४५ दिनभित्र भुक्तानी दिनुपर्ने भएपनि गोल्छाले ६ महिनासम्म
किसानको पैसा दिएको छैन् । यो बर्ष उखु क्रसिङको सिजन सुरु हुन लाग्दासमेत गरिव किसानले
पुरानो पैसा नपाएपछि उनीहरु मंगलबारदेखि मिल परिसरमा अनसनमा बसेको कारोबार दैनिकले छापेको छ ।
चिनी उद्योगीहरुले उखु क्रसिङको समय आइसक्दासमेत किसानसँग बार्गेनिङ गरेर उखु खेतमै सुक्ने
अबस्था सिर्जना गर्छन् । यसरी बार्गेनिङ गरेर तय गरिएको मूल्यसमेत नपाउँदा किसान
मारमा परेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।
तर उद्योग संचालक दिवाकर गोल्छाले भने भुक्तानी तालिका तयार पारेर
किसानको पैसा भुक्तानी भइरहेको दावी गरे । किसानहरु अनसन बस्नुलाई उनले नाटकमात्र भएको दावी गरे । गोल्छाले चिनी उद्योग संघमा भने आफ्नो कम्पनी घाटामा गएकाले भुक्तानी गर्न
नसक्ने भन्ने जानकारी गराएको संघ अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए । उखु उत्पादक
महासंघका अध्यक्ष मैनालीले पनि मंसिर अघि भुक्तानी दिन सक्दिन भन्दै गोल्छा पन्छिने
गरेको बताए ।

No comments:

Post a Comment