headlines and breaking news from nepal and World on business, sports, entertainment, ...
Thursday, September 20, 2012
ऋषिपञ्चमीमा नुहाउन गएकी किशोरी तामाकोसीमा बेपत्ता
ऋषिपञ्चमीको अवसरमा परिवारसहित नुहाउन
गएकी दोलखाको भीमेश्वर नगरपालिका-६ की एक
किशोरी तामाकोसी नदीमा बेपत्ता भएकी छिन्। भीमेश्वर नगरपालिका-६ धरमघर निवासी नवराज
कार्कीको १६
वर्षीया छोरी तारादेवी कार्की बेपत्ता भएकी हुन्। आज
बिहान करिब १० बजे तामाकोसी नदी र
चर्णावती खोलाको दोभानमा नुहाउने क्रममा उनलाई नदीले
बगाएको तामाकोसी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भरत रावतले जानकारी दिए। बेपत्ता तारादेवीको प्रहरी, आफन्त र
स्थानीयवासीको सक्रियतामा खोजी कार्य जारी रहे
पनि अपराह्नसम्म फेला पार्न नसकिएको प्रहरीले
जनाएको छ। भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी पर्वमा व्रतालु
हिन्दु महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाइ ३६५
वटा दतिवनले दाँत माझेर चोखो माटो, तिल र गोबर लगाई
स्नान गर्ने प्रचलन छ। रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment