Friday, August 31, 2012

सहमति जुटाउन आजैदेखि गम्भीर छलफल : प्रचण्ड

१५ भदौ, काठमाण्डौ । राजनीतिक गतिरोधको अन्त्यका लागि छलफलमा जुटेका
प्रमुख तीन दलका शीर्ष नेताहरुले शुक्रवार पनि छलफल गरेका छन् । एमाले
अध्यक्ष झलनाथ खनालको निवास डल्लुमा भएको छलफलमा प्रमुख तीन दलका नेताहरु
नयाँ शिरावाट सहमति खोज्न सहमत भएका छन् । वैठकपछि सञ्चारकर्मीहरुसंग
कुराकानी गर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
राजनीति गतिरोध अन्त्य, सहमतिको सरकार गठन, मुलुकलाई निकास कसरी दिने तथा
दलहरुकावीच रहेका मतभेदको अन्त्यको प्रयास भएको वताउनु भयो ।
उहाँले भन्नुभयो,'हामीले सबै विषयमा गम्भीररुपले छलफल गर्यौ । एक दुई
दिनमा सहमति जुट्छ।' प्रचण्डले छलफल सकारात्मक रुपले अघि वढेकाले
सहमतिमै राजनीतिक गतिरोधको अन्तय भई मुलुकले छिट्टै निकास पाउने विश्वास
व्यक्त गर्नु भयो । प्रचण्डले आजैदेखि दलहरुकावीचमा सहमतिका लागि गम्भीर
छलफल सुरु गर्ने सहमति भएको वताउनुभयो । प्रचण्डले संविधानका विवादीत
विषयलाई टुंगाउन नयाँ शिरावाट छलफल सुरु भएको वताउनुभयो ।
काँग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतिका लागि विभिन्न् कोणवाट छलफल
भएको वताउनुभयो । उहाँले संविधानका अन्तरवस्तुमा गम्भीर छलफल भएको र छलफल
सकारात्मक रहेको वताउनुभयो । नेकपा एमाले महासचिव इश्वर पोख्रेलले पनि
संविधानका विवादित विषयमा छलफल भएको वताउनुभयो । उहाँले दलहरुवीच
संविधानमा रहेका विवादीत विषयलाई सहमतिमै टुंगाउने सहमति भएको वताउनुभयो
। उहाँका अनुसार विवादीत विषयमा छलफल गर्न भोली विहान फेरी तीन दलको वैठक
बस्ने छ । वैठकमा सहमतिय सरकार गठनका विषयमा पनि छलफल भएको वताइएको छ ।
यस अघि बिहीबार राष्ट्रपति डा. रामबरण यादबले मधेशी मोचासहित तीन दलका
शीर्ष नेताहरुलाई बोलाएर चाँडै राजनीतिक सहमति गरि संविधान निर्माण गर्ने
वातावरण तयार पार्न सुझाव दिनुभएको थियो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete