Friday, August 31, 2012

सैफ-करिनाको बिहे अक्टोबरमा

भोपाल, भदौ १३ (पिटिआइ)- बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना
कपुरको बिहे कहिले हुने भन्ने उनीहरु स्वयंले केही नबताए पनि सैफकी आमाले
अक्टोबरमा बिहे हुने बताएकी छन्।
भोपालमा पत्रकारहरुसँग कुरा गर्दै शर्मिला टैगोरले दुई बलिउड कलाकारको
बिहे अक्टोबरमा हुने बताएकी हुन्।
तर निश्चित मिति भने उनले पनि बताउन सकिनन्। 'बिहेको तिथि भने सैफले
मात्रै कन्फर्म गर्न सक्छन्', उनले भनिन्।
सैफ र करिना लामो समयदेखि डेटिङ गर्दैछन्। करिनाको महत्त्वपूर्ण फिल्म
हिरोइन रिलिज हुने क्रममा रहेको छ।
लामो समयदेखि उनीहरुको बिहे म्यागेजिनहरुको गसिपको विषय बनिरहेको छ।
उनीहरुको बिहे अक्टोबर १६ मा हुने भन्दै पछिल्लो पटक हल्ला चलेपछि
शर्मिलाले यस्तो बताएकी हुन्। सैफले भने बिहेको मिति पुष्टि गरेका छैनन्।

No comments:

Post a Comment