Saturday, May 12, 2012

S c o t N e p a l . C o m: खण्डहर बन्यो रानीमहल, कसले गर्दैछ छल ?

कालीगण्डकी किनारमा रहेको प्रसिद्ध रानीमहल दरबार । तानसेनबाट उत्तरपट्टि काली गण्डकी र बराङ्गदी खोलाको सङगमस्थलमा अवस्थित यो रानीमहलधर्मिक दृष्टिकोणले निकै महत्वपूण मानिन्छ । सच्चा प्रेमको प्रतीक ठानिने रानी महल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत प्राण प्यारी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए | रानीमहल दरबारको १९५० सालमा शिलान्यास गरि १९५४ सालमा काली गण्डकी नदी तटमा बिशाल चट्टानमाथि पश्चिमि कला कैशलको बेजोड नमूनाले सिंगारेर निर्माण कार्य पूरा गरिएको थियो। दरबारको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुन्दर खुड्किला तल नदीसम्म जोडिएको छ । संरक्षण अभाबले खण्डहर बन्दै छ रानीमहल !

No comments:

Post a Comment