१ भदौ काठमाडौं । सरकारले मुख्य सचिव नियुक्त नगरेकोमा असन्तुष्ट सचिवद्धय विन्दा हाडा र ताना गौतमलाई जगेडामा पठाएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले हाडा र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । ‘उहाँहरुले सरकारको निर्णयलाई नै चुनौति दिएपछि जगेडामा पठाइएको हो’ एक मन्त्रीले आनलाइनखबरलाई भने ।
यसअघि गौतम शहरी विकास र हाडा सिंचाई मन्त्रालयमा हुनुहुन्थ्यो । सरकारले लिलामणि पौडेललाई मुख्य सचिव बनाएपछि मुख्य सचिवको दौडमा रहेका हाडा र गौतमले असन्तुष्टी जनाउनु भएको थियो । सचिवद्धयले तत्कालिन मुख्य सचिव माधव घिमिरेको विदाई तथा नयाँ मुख्य सचिव पौडेलले बोलाएको पहिलो बैठक नै बहिस्कार गर्नु भएको थियो ।
बैठकले सचिवमा प्रतापकुमार पाठकलाई सिंचाई, किशोर थापालाई सहरी विकास, सुरेशमान श्रेष्ठलाई शिक्षा र माधव रेग्मीलाई राष्ट्रिय सर्तकता केन्द्रको सचिवमा सरुवा गरेको छ । यस्तै नेपाली सेनाको महासेनानीमा सुरेशकुमार बानिँयालाई बढुवा गरेको छ ।
बैठकले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको इरान भ्रमणलाई स्वीकृत गरेको छ । असंलग्न राष्ट्रहरुको सम्मेलन इरानको राजधानी तेहरानमा अगष्ट ३० र ३१ गते हुँदैछ ।
No comments:
Post a Comment