Wednesday, August 8, 2012

अंशबन्डाको निहुँमा भाइको हत्या

काँकडभिट्टा (झापा), साउन २४ - चारदशकदेखि जग्गा अंशबन्डाको झगडाका क्रममा धाइजन-२ मा एक व्यक्तिको हत्या भएको छ। आफ्नै दाजु र भतिजाको आक्रमणबाट घाइते भएका ५५ वर्षीय धनप्रसाद प्रसाईंको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो।
प्रहरीका अनुसार धनप्रसादलाई शनिबार बिहान खेत जोत्ने विषयमा उनका दाजु मात्रिकाप्रसाद तथा भतिजा पारसमणि र सूर्यले साङ्घातिक आक्रमण गरेका थिए। धनप्रसाद र मातृकाप्रसाद एकै परिवारका दाजुभाइ हुन्। उनीहरुबीच २०२९ सालदेखिपाँच बिघा जग्गाको अंशबन्डा विवाद सुल्झिन सकेको थिएन।
प्रहरीका अनुसार झगडामा घाइते भएको अवस्थामा धनप्रसादलाई उपचारका लागि आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी चौकी चारआलीले जनाएको छ।
हत्याको अभियोगमा मात्रिकासहित पारसमणि र सूर्यलाई प्रहरीले सोमबारै पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनीहरुलाई जिल्ला प्रहरीकार्यालयको हिरासतमा राखिएको छ। रासस

No comments:

Post a Comment