२२ साउन, काठमाण्डौं । हातमा सीप र खल्तीमा लाईसेन्स भएर पनि ट्याक्सी चालक बेरोजगार हुन थालेका छन् । झण्डै सात हजार ट्याक्सी भएको काठमाण्डौंमा ट्याक्सी चालकको संख्या भने १६ हजार रहेको छ ।
ट्याक्सी व्यवसायीका अनुसार उपत्यकामा अधिकांश पेट्रोल पम्प अगाडी विहान ६ बजेदेखि साँझ पाँच बजेसम्म ट्याक्सी चालक फेरिन्छन् । दैनिक ज्यालादारीमा विहान र बेलुकी ट्याक्सी चलाउने उनीहरु ट्याक्सी चलाउनकै लागि हरेक दिन पेट्रोल पम्पमा हानाथाप गर्ने गरेको खबर नागरिक दैनिकले छापेको छ । यस वापत चालकहरुले साहुलाई दिनको सात सय र रातको छ सय रुपैयाँ बुझाउनुपर्छ ।
‘बिहान गाडी लिएको छ भने बेलुका सात सय नुबझाए साहुले गाडी अर्कैलाई दिन्छ’ सुन्धारास्थित पेट्रोलपम्पबाट ट्याक्सी निकाल्ने अर्जुन थापाले भने ।
उनले यसरी गाडी निकाल्दा बिहान अथवा बेलुका जसले बढी रकम बुझाउन सक्यो र जो साहुको नजिक बन्न सक्योत्यसैले ट्याक्सी पाउने उनले बताए । ट्याक्सी पाउनका लागि चालकले प्रतिदिन ६/७ जनासँग प्रतिष्पर्दा गर्नुपर्ने उनले बताए ।
६ बर्षदेखि राजधानीमा ट्याक्सी चलाएर बसेका स्वयम्भुका राम कार्की भन्छन -’ट्याक्सीको तुलनामा चालकको संख्या बढेपछि पेसा नै संकटमा परेको छ ।
चालक बढी हुँदा पालो पर्खनु स्वभाविक भएको नेपाल मिटर ट्याक्सी व्यवसायी संघका वरिष्ठ उपाध्यक्षहरिकृष्ण बस्नेतले बताए । बस्नेतका अनुसार झन्डै २५ सय तीन हजार ट्याक्सी साहु आवद्ध उक्त संघमा सातहजार हाराहारी ट्याक्सी आवद्ध छन् । त्यस्तै स्वतन्त्र तथा संगठित १६ हजार चालक रहेका छन् ।
No comments:
Post a Comment