Wednesday, August 22, 2012

बजारमा नगद डलरको अभाव, विदेश जानेलाई समस्या

६ भदौ, काठमाण्डौं । विगत केही दिनदेखि वाणिज्य बैंकहरुमा अमेरिकन डलर अभाव भएको छ । अभाव बढ्दै गएपछि नगद डलर लिएर विदेश जान चाहने विद्यार्थी, व्यापारी, पर्यटकलगायतलाई समस्या परेको सरोकारबालाको भनाई छ । डलरको मूल्य बढ्दै गएकाले कतिपय मानिसले होल्डिङ गरेको तथा विदोशमा निकासी भएकाले पनि अभाव देखिएको नाम उल्लेख नगर्ने सर्तमा एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । ‘तत्कालै कुनै कदम नचालिए यो समस्या झनै चर्किनेछ’, उनले भने ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका निर्देशक भीष्मराज ढुंगानाले बैंकहरुमा इलेक्ट्रोनिक कारोबार बढेकाले नगद अभाव भएको बताए । बैंकहरुमा घण्टौ लाईन बस्दा पनि नगद साट्न नपाएको विदेश जाने तयारीमा रहेका युवाहरुको भनाई उदृत गर्दै अभियान दैनिकले खबर छापेको छ ।
पछिल्लो समय राष्ट्रबैंकले अमेरिकन डलर विनिमयसम्बन्धी नीतिमा परिवर्तन गरेकाले समस्या देखिएको इन्भेष्टमेन्ट बैंकको विनिमय विभागमा कार्यरत एक कर्मचारीले बताए । ‘पाँच सय डलर नगद लिन २ हजार डलर टीसी लिनैपर्छ’ उनले भने ।

No comments:

Post a Comment