Wednesday, August 22, 2012

प्रकाश बीना भक्तपुरमा !

६ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रचण्ड यति बेला भक्तपुरको बालकोटतिर डेरा लिएर लुकिरहेको आफ्नो विश्वस्त स्रोतलाईउदृत गर्दै जनआस्था साप्ताहिकले खबर लेखेको छ । मंगलबार दिउँसो फेसबुक च्याटमा भेटिँदा भने उनले आफु भारततिर रहेको बताएका थिए । ‘उसो भए मोबाइलबाट मिस्डकल दिनु न त’ भनेर उनलाई गरिएको अनुरोधको केही समयमै उनी फेसबुकको च्याट सम्पर्कबाट बाहिरीका थिए ।
काठमाण्डौं आएपनि प्रकाशको नयाँ जोडी प्रचण्डसँगै भने नरहेको बताईएको छ । आमा सीता दाहालले मन पराएर मागेर विवाह भएकी प्रकाशकी माइली श्रीमती सिर्जनासँगको कानुनी सम्बन्ध कायमै रहेकाले तत्काल प्रकाशलाई सार्वजनिक रुपमा हिँनडुल गर्न नसक्ने स्थिति छ । उनी पक्राउ परेमा बहुविवाहको अभियोगमा थुनामा पर्ने भएकालेउनीहरु गुपचुप रुपमा भक्तपुरतिर साथीहरुको सहयोगमा डेरा खोज्न व्यस्त रहेको र डेराको व्यवस्था भएपछि यतै बस्ने योजना रहेको बुझिएको छ

No comments:

Post a Comment