Wednesday, August 22, 2012

विशेष समितिको म्याद सकियो, अधिकांस लडाकुले शिविर छाडे

६ भदौ, काठमाण्डौं । माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति को म्याद सकिएको छ । पछिल्लो पटक गत जेठमा तीन महिनाका लागि थपिएको म्याद साउन मसान्तमा सकिएको हो । म्याद सकिएपछि भदौ १ मा मन्त्रिपरिषद् बैठक बसे पनि थपिएन । म्याद सकिएकाले लडाकु समायोजनको काम नसकिँदैयसबारे आधिकारिक निर्णय लिनेसंवैधानिक निकायका रूपमा रहेको विशेष समिति को पनि समाप्ति भएको छ । शिविरमा हाल समायोजन रोजेर बसेका ३ हजार १ सय २३ लडाकु छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अर्को सहमति नभए म्याद नथपिने स्पष्ट पारे । ‘ विशेष समिति कोउपादेयता सकिएको छ, समायोजनबारेका सात बुँदेलगायत सहमतिको औचित्य सकिएकाले पनि म्याद थपको आवश्यकता छैन,’ उनले भने, ‘दलहरूबीच फेरि अर्को सहमति भयो भने त्यसबेला विचार गर्न सकिन्छ, अहिलेकै अवस्थामा विशेष समिति को म्याद थपिन्न ।’
सचिवालय अन्योलमा
विशेष समिति को म्याद सकिएकाले मातहतको सचिवालयका पदाधिकारी अन्योलमा रहेको कान्तिपुर दैनिकमा खबर छ । समिति र सचिवालयको नयाँ बानेश्वरस्थित कार्यालयमा मंगलबारसम्म पनि गइरहेका पदाधिकारीहरू अब के गर्ने भन्नेमा छन् ।
‘समितिको म्याद सकिएसँगै सचिवालयको म्याद पनि सकिन्छ तर हामीलाई जानकारी दिइएको छ्रैन,’ सचिवालय संयोजक बालानन्द शर्माले भने, ‘म्याद साउन मसान्तमै सकिएको हो तर कसैले काममा नआउनु नभनेकाले कार्यालय गइरहेका छौं ।’ म्याद थपिएको र सकिएकोबारे सचिवालयलाई औपचारिक जानकारी दिइँदैन । शान्ति मन्त्रालयका प्रवक्ता भरत पौडेलले विशेष समिति को म्याद साउन मसान्तमा सकिए पनि थपिएकोबारे कुनै जानकारीनआएको बताए ।
अधिकांस लडाकुले शिविर छाडे
समायोजन प्रक्रियामा अन्यौल भएपछि विभिन्न सातवटा डिभिजनमा रहेका तीन हजार एक सय माओवादी लडाकुमध्ये अधिकांशले शिविर छाडेका छन् ।
गत असार २० गते सुरु भएको सेना समायोजनको कार्य उमेरसम्बन्धी विवादका कारण दुई दिनमै स्थगित भएको थियो । डेढ महिना वित्दा पनि समायोजनको काम अघि नबढेको भन्दै शिविर छोडेको आक्रोसितलडाकूहरुको भनाई उदृत गर्दै अन्नपूर्ण पोष्ट दैनिकले खबरछापेको छ । शिविरमा नेपाली सेनाको निगरानीमा बसेका समायोजन रोजेका लडाकुहरु पनिअवकासमा जाने तयारीमा रहेका छन् ।
सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनबाट समायोजन रोजेका पाँच सय ७२ लडाकु सवैले शिविर छाडेका छन् । कैलालीको तालबन्दस्थित सातौ डिभिजनमा रहेका तीन सय १४ जना मध्ये १५ जना लडाकुमात्र शिविरमा रहेका छन् ।
रोल्पाको दलबनस्थित पाँचौ डिभिजनमा समायोजन रोजेर बसेका पाँचसय २३ लडाकु मध्ये चारसय ५० जना भन्दा बढी बाहिरीसकेका छन् । इलामको चुलाचुलीमा रहेको पहिलो डिभिजनमा दुईसय ४८, सिन्धुलीको दुधौली स्थित दोस्रो डिभिजनमा तीनसय ५९, चितवनको शक्तिखोर स्थित तेस्रो डिभिजनमा ६ सय २५ र नवलपरासीको झ्याल्टुङडाँडा स्थित चौथो डिभिनमा चार सय ८१ लडाकु छन् ।

No comments:

Post a Comment