Tuesday, August 21, 2012

दक्षिण भारतमा नेपाली सुरक्षित छन्, आत्तिनु पर्दैन : परराष्ट्र प्रवक्ता

'नेपालीमाथि आक्रमण भएको छैन'
काठमाडौं, भदौ ५ दक्षिणी भारतका बङ्गलोर, चेन्नइलगायतसहरमा नेपाली सुरक्षित रहेकोउल्लेख गर्दै परराष्ट्र मन्त्रालयले सम्बद्ध सबैलाई चिन्तामुक्त हुन आग्रह गरेकोछ। दक्षिण भारतका सहरमा नेपालीमाथि आक्रमण नभएको मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले स्पष्ट पारे।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूसँग निकट सम्पर्कमा रहेर पछिल्लाघटनाक्रम एवम् वस्तुस्थितिबारे निरन्तर जानकारी लिइरहेको उनले बताए।
उत्तरपूर्वी भारतका नागरिकलाई लक्षित गरेर केही घटना भएका बताउँदै उनले हुलहुज्जतबाट टाढा रहन र सतर्कता अपनाउन नेपाली विद्यार्थीलगायत सबैलाई आग्रह गरे।
समूहमा हिँड्न र साथमा परिचयपत्र अनिवार्यरुपमा राख्न विद्यार्थीलगायत सबै नेपालीलाई सुझाव दिँदै उनले नेपालीहरूको सुरक्षाका लागि भारत सरकारसँग अनुरोध समेत गरिएको बताए।
'भारतीय अधिकारीहरूले आवश्यकसुरक्षा व्यवस्था मिलाउने बचन दिएका छन् र त्रसित नहुन भनेका छन्'- आत्तिनुपर्ने अवस्था नरहेको र सुरक्षा प्रत्याभूत गराउने प्रतिबद्धता भारत सरकारले व्यक्त गरेको दोहोर्‍याउँदै प्रवक्ता थापाले भने।
उत्तरपूर्वी आसाममा केही महिनाअघि भएको जातीय हिंसाकोप्रतिशोध उत्तरपूर्वी भारतीय राज्यका नागरिकसँग लिने हल्ला चलेपछि नेपाली नागरिकमा पनि आक्रमणको त्रासबढेको हो। रासस

No comments:

Post a Comment