Friday, August 17, 2012

सडकमा दूध पोखेर रोपाइँ !

१ भदौ, गजुरी । मोटर सञ्चालनमा रोक लगाइएपछि धादिङको मुरलीभन्ज्याङ गाविस-७ निगालपानीका स्थानीय बासिन्दाले विरोधस्वरुप सडकमा दूध पोखेर रोपाइँ गरेका छन् ।वर्षाको समयमा सवारी चलाउँदा सडक जीर्ण बन्ने भन्दै धादिङको उत्तरी क्षेत्र र गोरखा जिल्ला जोड्ने धादिङबेंसी-सल्यानटार सडकमा मोटर सञ्चालनमा रोक लगाइएपछि गाउँमा उत्पादित दूध र कृषि उपज बजारमा ल्याउन नपाइएको भन्दै किसानले सडकमा नै रोपाइँ गरी विरोध गरेका हुन् ।
गाउँमा उत्पादित दूध सडकमा पोखिएपछि सोही सडकमा गोरु नारेर हिलो बनाई रोपाइँ गरिएको थियो । सडक बन्द हुँदा वर्षामा उत्पादित फलफूल, दूध, कुखुरालगायतका सामग्री ल्याउन लान समस्या परेकोकृषकले बताएका छन् । जिविस धादिङले वर्षाको समयमा जिल्लाका सबै ग्रामीण सडकमा यातायात बन्द गराउने निर्णय गरेको थियो । उक्त ग्रामिण सडक बन्द भएपछि गाउँमा उत्पादित दूध, तरकारी कुखरालगायतका कृषिजन्य वस्तु बजार ल्याउन कठिन हुँदै आएको छ । विसं २०४३ सालदेखि निर्माण सुरु गरिएको उक्त ग्रामीण सडक हरेक वर्ष वर्षायाममा बन्द गरिँदै आएको छ ।
बाटो बनाउनकै लागि भनेर जिविस धादिङले सडक बन्द गराउँदै आएको भए पनि अहिले बाटाको अवस्था पैदल हिँड्न पनि नसक्ने गरी बिगि्रएको स्थानीयवासी दीपक विकको भनाइ छ । किसानले ग्रामीण सडक तत्काल सञ्चालनमा नल्याई किसानको मागलाई बेवास्ता गरिएजिविस प्राङ्गणमा दूध ल्याएर पोख्ने चेतावनी उनीहरुले दिएका छन् ।रासस

No comments:

Post a Comment