Sunday, September 23, 2012

राष्ट्रिय वाणिज्य बैंकबाट १० तोला सुन चोरी

७ असोज, सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाबाट १० तोला सुन
चोरी भएको छ । लाटीकोइली–९ की शान्ति पोखरेलको मंगल सुत्र १ थान, बाला २
जोर, सिक्री, टप, औठी, छड्के तिलहरीसमेत गरेर १० तोला सुन चोरी भएको
प्रहरीले जनाएको छ ।
दिउँसो साढे १ बजे बैँकको सोधपुछ कक्षमा टेबुलमा सुन राखेर भौचर भर्दै
गर्दा चोरी भएको हो । फितलो सुरक्षा व्यवस्थाका कारण सुर्खेतका बैंकहरु
दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन् । पटक–पटक विभिन्न बैंकहरुभित्रै
लुटपाट तथा चोरीका घटना हुने थालेका छन । सुन कस्ले लगेको हो भन्ने खुल्न
सकेको छैन ।

No comments:

Post a Comment