Friday, July 20, 2012

पहाडकी रानी पाल्पा (फोटो फिचर)

टेकनारायण भट्टराई, पाल्पा, साउन ५- सुन्दर पहाडी जिल्ला तानसेन पर्यटकका
लागि आकर्षक गन्तव्य हो। हिमाली दृश्यावलोकन गर्न र पहाडी सुन्दरता
नियाल्न यहाँ बाह्रैमास स्वदेशी विदेशी पर्यटक आउँछन्। जाडोयाममा यहाँबाट
देखिने हिमाली शृंङ्खलाले जो कोहिको पनि मन लोभ्याउँछ। शितल हावापानी
यहाँको अर्को बिशेषता हो। श्रीनगरको फेँदमा फैलिएको तानसेन बजार र माडी
फाँटको दृश्य सुन्दर लाग्छ। बतासे डाँडा फिल्मकर्मीका लागि समेत 'सुटिङ
स्पट'का रुपमा परिचित छ।
बिहीबार वेलुका पख पानी विदो भएपछि खुलेको मौसमले मेरो मन तान्यो। आकासमा
'भिजिविलिटि क्लियर' थियो। वहुरंगी बादलले आकास सुहाएको देखिन्थ्यो।
मौसमको अनुकुलतामा मैले तस्विर खिच्ने धोको मेटेँ।
http://www.nagariknews.com/society/nation/43676-2012-07-20-10-10-17.html

No comments:

Post a Comment