Monday, August 20, 2012

खोलाले बगाएर २ जनाको मृत्यु

४ भदौ, नुवाकोट । नुवाकोटमा गएराती भएको छुट्टछुट्टै दुई घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ६ का ३२ बषिर्य होटल व्यवसायी राजकुमार थपलिया र साल्मे गाविस वडा नम्बर ८ का ४५ बषिर्य मेगु लामा रहेका छन् ।
थपलियाको काठमाडौबाट त्रिशुली आउने क्रममा बेल्कोट गाविस ५ स्थित अमारे खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्यसैगरी मेगु लामाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार गर्न आउने क्रममा साल्मे गाविसको नदिन खोलाको काठे पुलबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment