९ भदौ, काठमाण्डौं । अत्यावश्यक भन्दै केही अध्यादेश जारी गराउन सरकारले राष्ट्रपति डाक्टर रामबरण यादवलाई फकाउन थालेको छ । सरकारले गतसाउनमा सिफारिस गरेका चिर्वाचन सम्बन्धी दुई अध्इादेश ‘निर्वाचन हुन नसक्ने अवस्था सिर्जना भएको कारण देखाउँदै राष्ट्रपतिले फिर्ता पठाएपछि दुईसस्थानबीचको दूरी बढेको विश्लेषण राजनीतिक वृत्तमा गरिँदै आएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
विपक्षिदलहरुले राष्ट्रपतिलाई उक्साएर उनी र सरकाबीच द्धन्द्ध बढाउन चाहेको विश्लेषणसहित सरकारले शुक्रबार मन्त्रिपरिषद् बैठक स्थगित गरी राष्ट्रपतिसँग परामर्श गरेको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार दैनिक काम चलाउनका लागि आवश्यक केही अध्यादेश सिफारिस गर्न सरकारले चाहेको छ । ‘विपक्षीहरुले राष्ट्रपतिलाई उक्साइरहेका छन् । राष्ट्रपतिलाई आशंकित र तरंगित गराउने पक्षमा हामी छैनौं,’ ती मन्त्रीले शुक्रबार भने, ‘कुन कुन अध्यादेश सिफारिस गर्ने, कुन कुन नगर्ने भन्ने बारे राष्ट्रपतिसँग सरकारले पारमर्श गरिरहेको छ
No comments:
Post a Comment