Friday, August 24, 2012

भारतीय पत्रकारलाई अपहरण गरेर ल्याउँदै गरेका दुई जना पक्राउ

मिथिलेश यादव, सिरहा भदौ ८- भारतीय पत्रकारलाई अपहरण गरी नेपाल ल्याउँदै गरेका अपहरणकारी पक्राउ परेका छन्। बिना हेल्मेट भारतीय बाइकमा सवार उनीहरुलाई सिरहा प्रहरीले पक्राउ गरेको हो। बीआर ३२ एफ ९४८५ नम्बरको उक्त बाइकमा बिहारको प्रभात खबर पत्रिकाका एक पत्रकारलाई उनीहरुले बन्धक बनाएर ल्याएको डीएसपी कृष्णहरि शर्माले बताए।
पक्राउ पर्नेमा भारत पिप्राका २२ वर्षीय हरेराम निराला र बलराम कुमार यादव छन्। उनीहरुले प्रभात खबर पत्रिकाका पत्रकार जयानन्द महतोलाई अपहरण गरेर ल्याएको हो। 'यी दुबैले मलाई अपहरण गरेर ल्याएको हो,' महतोको कुरा उद्धृत गर्दै डीएसपी शर्माले भने, 'मलाई बचाइदिनुहोस्।'
अपहरणकारीले गुहार गरेपछि हामीले निगरानीमा लिएर अनुसन्धान थालेको डीएसपी शर्माले बताए।
अपहरणकारी बलरामको ससुराली सरहामा भएको र ती पत्रकारलाई त्यहीँ लुकाउन ल्याएको आशंका प्रहरीको छ। के कारणले पत्रकार अपहरण गरेको भन्नेबारे केही नखुलेको प्रहरीले बतायो।

No comments:

Post a Comment