Thursday, April 18, 2013

गिरफ्तारीको आदेशपछि भागे पूर्व राष्ट्रपति मुसर्रफ

इस्लामावाद, वैशाख ५ (एपी) - पाकिस्तानी पूर्व राष्ट्रपति परवेज
मुसर्रफलाई गिरफ्तार गर्ने आदेश राजधानीको एउटा अदालतले दिएपछि उनी
भागेको दृश्य स्थानीय टेलिभिजनले प्रसारण गरेको छ। देशद्रोहको एउटा
अभियोगमा अदालतले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो। अदालतको
आदेशपछि गिरफ्तार हुनबाट जोगिन उनी हाम्फालेर कालो एसयुभी चढेर भागेका
हुन्।
यो साता मुसर्रफका लागि निकै कठिन भएको छ। सन् १९९९ मा सैनिक विद्रोह गरी
झण्डै एक दशक सत्तामा रहेका उनीचार वर्षको स्वनिर्वासनपछि गत महिनामात्रै
स्वदेश फर्किएका थिए। तर मे ११ मा हुन लागेको संसदीय निर्वाचनमा
उम्मेदवार हुन उनलाई पेशावरको एउटा अदालतले गत साता प्रतिबन्ध लगाएको
थियो।
उनी भाग्दा वकीलहरु मुसर्रफ भागेको भन्दै चिच्याएका थिए।

No comments:

Post a Comment