Tuesday, May 1, 2012

प्रचण्ड र बाबुरामले नेपाली क्रान्तिसँग गद्वारी गरे – नेता गजुरेल | मुख्य समाचार

१९ वैशाख ,बर्दिबास । एकीकृत माओवादीका सचिव सिपीगजुरेलले आफ्नो पार्टी नेतृत्वले नेपाली क्रान्तिसँग गद्दारी गरेको आरोप लगाएका छन ।
सोमबार महोत्तरीको जलेश्वरमा एकीकृत माओवादीको वैध समूहले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सचिव गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली क्रान्तिसँग गद्दारी गरेको आरोप समेत लगाएका छन ।
पार्टीको मुख्य नेतृत्वमा रहेका दुबै जनाले आत्मसमर्पणवादी बाटो लिएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न अब आन्दोलनको कुनै विकल्प नरहेको सचिव गजुरेलको भनाइ थियो ।
आफ्नो पार्टीले संविधान निर्माणका लागि गरेको महत्वपूर्ण निर्णयहरु दाहाल र भट्टराईले कुल्चदै अघि बढ्नुभएको उनले आरोप लगाए ।
राज्यको पुनः संरचना गर्दा जातीय पहिचान र सामथ्र्यको आधारमा १४ प्रदेश नै हुनुपर्ने उनको जोड थियो ।

No comments:

Post a Comment