काठमाडौं, श्रावण १३ - मानव तस्करहरूको संजालमा परेर अफ्रिकी टापु मदागास्करमा पुर्याइएका दुईदर्जन नेपालीको उद्धार गर्न परराष्ट्र मन्त्रालयले अर्थसँग ७५ लाख रुपैयाँ माग गरेको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा अर्थ, श्रमसहितवैदेशिक रोजगार विभागका पदाधिकारी सम्मिलित बैठकले अलपत्र नेपालीको तत्काल उद्धार पहल थाल्न दक्षिण अफ्रिकाको प्रिटोरियास्थित दुतावासलाई निर्देशन दिएको छ । काठमाडौं, दिल्ली र मदागास्करका दलालहरूको जालोमा परेर जनही साढे ३ लाख रुपैयाँ अशुल्दै हिन्द महासागरको टापुमा पुर्याइएका नेपालीमध्ये ८ जनाको पासपोर्ट एक घर मालिकले खोसेर राखेको छ भने बाँकीसँग यही सातामा भिसा म्याद सकिने पासपोर्ट साथमा रहेको छ । मदागास्कर टापुसँग नेपाल सरकारको कूटनीतिक सम्बन्ध नरहेको र सहप्रमाणीकरणको जिम्मेवारी अन्य कुनै मुलुकलाई नतोकिएका कारण परराष्ट्र मन्त्रालयले अलपत्र नेपालीको उद्धार गर्न इजिप्टको कायरो र दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दुतावासलाई पत्राचार गरेको थियो ।
मदागास्करमा अलपत्र बनेका झापा, काकडभिट्टाका खड्गबहादुर दाहालले शनिबार ईकान्तिपुरलाई पठाएको पासपोट-डिटेलमा सन्जय कार्की, दीपक थापा, देवसिंह बादल, प्रेमबहादुर क्षेत्री, बुद्धिमान तामाङ, रामबहादुर बिक, श्यामबहादुर राई, धनबहादुरकेसी, श्याम आले मगर, खड्गबहादुर दाहाल, लालबाबु ठाकुर र आशिष तामाङको नाम रहेको छ । यस्तै उनीहरुलाई काठमाडौंका मुख्य एजेन्ट सुनिल शाही, खेमबहादुर राई (दिल्ली) र यादव नेपाल (मदागास्कर) को जालोमा परेर काठमाडौं, दिल्ली, मुम्बइ, केन्या हुँदै मदागास्कर पुर्याइएको थियो । यीमध्ये पीडितका आफन्तहरूको उजुरी र ताकेतापछि मुख्य एजेन्ट शाहीलाई एक महिनाअघि पक्राउ गरेर हनुमानढोका थुनामा राखिएको छ भने एजेन्ट नेपाल मदागास्करमैं छन् । गैर आवासीय नेपाली संघ, अफ्रिकाका संयोजक हिक्मत थापाले पनि अलपत्र कामदारहरुको अर्को सूची पासपोर्ट-डिटेलमा पठाएका छन् । उनका अनुसार सुवास फगामी, हरिशकुमारनेपाली, बाबुराम टण्डन, दीपक पुन, गम्मु पुन र युराज नेपाली समेत अलपत्र छन् । संयोजक थापाले आइतबारसम्ममा मदागास्कारमा अलपत्र सबै नेपालीको पासपोर्ट-डिटेल र यथास्थिति आइतबारसम्ममा थाहा हुने जानकारी दिए ।
शुक्रबारको परराष्ट्र बैठकमा सहभागी वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार प्रतिबन्धित भनिएको गन्तव्यमा रोजगारीमा लगेर नेपाली अलपत्र पार्नेएजेन्टलाई अब मानवतस्करीको अभियोगमा थप मुद्दा चलाउन सकिने स्थिति छ । 'मानवतस्करीको यो जालोलाईदुरुत्साहन गराउन पनि अब यही मुद्दामा आधारित रहेर थप मुद्दा चलाउनुपर्ने जरुरी देखिएको छ,’ उनले भने । मदागास्करमा अलपत्र नेपालीको उद्धारमा आवश्यक परेमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई समेत आग्रह गर्न सकिने सहमति जुटेको भट्टराईले जानकारी दिए ।
No comments:
Post a Comment