Saturday, July 28, 2012

प्रभु मनीबाट पठाएको नेपाल बैंकबाट लिन सकिने

१३ साउन, काठमाडौं । विदेशबाट प्रभु मनी ट्रान्सफरबाट पठाएको पैसा नेपाल वैंक लिमिटेडकाशाखाहरुबाट लिन सकिने भएको छ ।
प्रभु मनी ट्रान्सफर र नेपाल बैंक लिमिटेडबीच यससम्वन्धी सम्झौत भएको छ ।सम्झौतापत्रमा नेपाल बैंकका ब्यबस्थापन संयोजक महेश्वरलाल श्रेष्ठ र प्रभु मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शेरचनले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि बिश्वको जुनसुकै मुलुकबाट प्रभु मनीट्रान्सफरले भित्राएको रेमिट्यान्स नेपाल वैंक लिमिटेडका १ सय १० वटा शाखाबाट भुक्तानी लिन सकिने छ । बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्राउँदै आएको भु मनी ट्रान्सफरले मलेसिया र अमेरिकामा आफ्नै कार्यालय खोलेर तथा खाडीसहित नेपाली कार्यरत सवैजसो मुलुकबाट बिभिन्न कम्पनीसँग मिलेर रेमिट्यान्स भित्राउँदै आएको छ ।
यसैगरि प्रभु समूह अन्र्तगतकै प्रभु फाइनान्स र नेपाल वैंक लिमिटेडबीच पनि सम्झौता भएको छ । सम्झौतापछि नेपाल बैंकको शाखाबाट प्रभु फाइनान्सका शाखामा तथा प्रभु फाइनान्सका शाखाबाट नेपाल बैंकका शाखामा रकम पठाउन सकिने छ ।
यस्तै नेपाल वैंक लिमिटेडले बिदेशबाट ल्याएको रकमसमेत प्रभु फाइनान्सका ३७ वटा शाखामार्फत भुक्तानी लिन सकिने छ ।

No comments:

Post a Comment