Monday, July 30, 2012

मुख्य सचिव बढुवामा असन्तुष्ट जनाउँदै शंकर कोइरालाद्वारा राजीनामा

१५- मुख्य सचिव छनौटमा वरियता मिचेको भन्दै निर्वाचन आयोगका सचिवले शंकर कोइरालाले आज राजीनामा दिएकाछन् । मुख्य सचिव लिलामणि पौडेल मार्फत् उनले प्रधानमन्त्रीलाई यस्तो राजीनामा बुझाएका हुन् ।
बहालवाला सचिवमध्ये योग्यताक्रमको पहिलो र कार्यकुशलताको आधारमा पनि उत्कृष्ठ हुँदाहुँदै अन्यथा निर्णय भएकाले समग्र निजामतीप्रशासनको मनोबल कमजोर नहोस भनेर राजीनामा दिएको उनले बताए । 'सरकारको निर्णयले कर्मचारी प्रशासन जस्तो अनुसाशित, मर्यादित, र व्यवसायी स्थायी संयन्त्र कमजोर तुल्याएको' उनले प्रधानमन्त्रीलाई लेखेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
अलोकप्रिय सरकार प्रमुखको छवी बनेपछी 'कुपित' भएका प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो राजनीतिक अग्राधिकार प्रयोगगर्दै हिजो मुख्य सचिवमा वरिष्ठतामा आठौं नम्बरमा रहेका लिलामणी पौडेललाई नियुक्त गरेको थियो।
वरिष्ठताको आधारमा शंकर कोइराला एक नम्बरमा थिए। त्यसपछीको वरियतामा अवनिन्द्रकुमार श्रेष्ठ, वामनप्रसाद न्यौपाने, श्याम मैनाली, भगवतीकुमार काफ्ले, ताना गौतम, सुशीलजंग राणा, लीलामणि पौडेल, वृन्दा हाडा, बालानन्द पौडेल, उमाकान्त झा, ज्ञानचन्द्र आचाय र त्रीलोचनउप्रेती थिए। पौडेल वरियता क्रममा आठ नम्बरमा पर्छन्।
पौडेलले भ्रष्टाचार विरोधी रप्रधानमन्त्रीको विश्वास पात्रका आधारमा दौडमा रहेका वरिष्ठलाई उछिने। वरिष्ठता मिच्दै हिजोको मन्त्रिपरिषद्को बैठकले साउन २१ गते माधव घिमिरेले अनिवार्य अवकास पाएपछि पौडेलस्वत मुख्य सचिव हुने निर्णय गरेको छ ।
प्रधानमन्त्री बाबुराम पौडेलकोपक्षमा भएपनी सत्तासाझेदार मधेसी दलका मन्त्रिहरु वरिष्ठताको आधारमा शंकर कोइराला र नभए उमाकान्त झाको पक्षमा देखिएपछी मुख्य सचिवको चयनमासहमती बन्न सकेको थिएन ।
विशेषत उप-प्रधान तथा गृहमन्त्रि विजयकुमार गच्छदार पौडेल विरुद्ध थिए। गृहमन्त्री विजयकुमार गच्छदारले कोइरालालाई समर्थन गरेका थिए। अन्य मधेसी दलका मन्त्रिहरू उद्योग सचिव उमाकान्त झाको पक्षमा थिए।

No comments:

Post a Comment