Sunday, July 29, 2012

राजधानीका टोलटोलमा यौन धन्दा

काठमाण्डौं । राजधानीमा टोलटोलमा खुलेकागेस्टहाउस र डान्स रेस्टुरेन्टहरुमा व्यावसायिक रुपमा यौन व्यवसाय फस्टाएको छ । कतिपय स्थानमा घर भाडामा लिएरसमेत यौन व्यवसाय सञ्चालन हुन थालेको नयाँ पत्रिकाले खबर छापेको छ ।
राजधानीमा मुख्य क्षेत्रमा सञ्चालित गेस्टहाउस र होटलमाछापा मारी यौनव्यवसाय चलाएकोआरोपमा प्रहरीले एकसातामा सयभन्दा बढीलाई पक्राउ गरेकोछ । शनिबार मात्र प्रहरीले काठमाण्डौंका विभिन्न क्षेत्रमा सञ्चालित १३ गेस्टहाउस र एउटा घरमा छापामारी २३ जोडि सहित सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार शनिबार ठमेल, सुन्धारा, बागबजार, बालाजु, रातोपुल तथा कलंकी क्षेत्रमा सञ्चालित होटल तथा गेस्टहाउसमा छापा मारिएको हो । छापा मार्दा भेटिएका यौन धन्दामा सक्रियाजोडि र सञ्चालकलाई पक्राउ गरिएको हो ।
शनिबार पक्राउ पर्नेमा बागबजारको पूर्वेर्ली गेस्टहाउका सञ्चालक भोजपुरका अशोक राई, भत्तपुरका कृष्ण खत्री र इलामकी रमा खड्का छन् । त्यस्तै बागबजारकै प्रतिमा गेस्टहाउसबाट सञ्चालक सन्तोष गिरी तथा कर्मचारीहरुदिवस राई र अन्जु विष्ट छन् ।
सुन्धाराका हिमाली छाया गेष्टहाउस, सनफ्लावर गेस्टहाउस र एक घरमा प्रहरीले छापा मारेको थियो । उक्त स्थानबाट गेष्टहाउस सञ्चालक सहित पाँच जोडिलाई पक्राउ गरेको छ ।

No comments:

Post a Comment