Tuesday, July 31, 2012

पत्नीसंग अबैद्य सम्पर्क राखेको भन्दै युवकको हत्या

१६ साउन, बारा । आफ्नी पत्नीसंग अवैद्य शारिरीक सम्वन्ध राखेको भेटिएपछि बारामा एक व्यक्तिले एक युवकको खुँडा प्रहार गरी हत्या गरेका छन् । बारा महेशपुर-८, का लक्ष्मी सहनीले राती १ बजे आफ्नी पत्नीसंग आपत्तिजनक अवस्थामा भेटिएका दुईयुवा मध्ये सोही ठाउँका ३२ वर्षीय विनोद सहनीको खुँडा प्रहारी हत्या गरेका हुन् । उनीसंगै गएका अर्का एकजना २६ वर्षीय उमाशंकर चौधरी खुडाँ प्रहारवाट गम्भीर घाइते भएका छन् ।
लक्ष्मीले आफु घरमा नभएको बेला आफ्नी पत्नीसंग राति १ बजे आपित्तजनक अवस्थामा भेटेको बयान प्रहरीलाई दिएका छन् । गम्भीर घाइते चौधरीको वीरगञ्जकै नेशनल मेडिकल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनावारे लक्ष्मी सहनीलाई र स्थानीउय विन्देश्वर सहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete