Sunday, July 29, 2012

सर्वोच्चद्धारा अन्तराष्ट्रिय विमानस्थल व्यवस्थापन विदेशी कम्पनीलाई दिन रोक

१४ साउन, काठमाडौं । सर्वोच्च अदालतले मुद्धाको अन्तिम फैसला नहुँदासम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिन रोक लगाएको छ ।
विशेष इजलासमा न्यायाधीशहरुको राय बाझिएपछि बहुमतले मुद्धाको अन्तिम फैसला नआउँदासम्म कुनै काम नगर्न अन्तरिक आदेश दिएको हो । न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टले सुरक्षा लगायतका कारणले विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिननहुने धारणा राख्नु भएको थियो । अर्का न्यायाधीश रामकुमार साहले भने सरकारको कुनै निर्णय गरिनसकेकाले अन्तरिम आदेश जारी गर्न नपर्ने तर्क गर्नु भएको थियो ।
विमानस्थल व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिनु सार्वभौमसत्ताविरुद्ध भएको भन्दै अधिवक्ता श्रीप्रसाद पण्डित लगायतका ३जनाले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । सरकारले भारतीय कम्पनी आईएल एण्ड एफएसलाई अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती र व्यवस्थापनको जिम्मा दिने तयारी गरिरहेको छ ।
आईएल एण्ड एफएसले भने अन्तराष्ट्रिय विमानस्थलसँगै १५ बटा विमानस्थलको स्तरोन्नती र व्यवस्थापनको जिम्मा दिन लगानी बोर्डमा प्रस्ताव गरेको छ ।

No comments:

Post a Comment