Sunday, July 29, 2012

दिलशोभालाई अमेरिकावाट पौने दुई लाख सहयोग

अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुले बेसहारा बृद्धा तथा द्धन्दकालमा बुवा आमा गुमाएका टहुरा बालबालिकाहरुको पालन पोषण गर्दै आएकी दिलशोभा श्रेष्ठलाई आर्थिक सहयोग गरेका छन् ।
अमेरिकाको ओक्लाहोमा राज्यस्थित स्टिल्वाटर शहरमा बसोबास गरि अध्ययनरत तथा त्यहाँ बसोबास गर्ने नेपालीहरुले आफ्ना व्यक्तिगत इच्छा र आंकाक्षाहरूबाट माथि उठेर दिनरात बेसाहारा वृद्धा तथा टुहुरा बालबालिकाहरुको सेवामा समर्पित ‘आमाहरूकी पनि आमा’ काठमाण्डौ रविभवनीकी श्रेष्ठको साहसिक पूण्यकर्मदेखि प्रभावित भई त्यहाँ बसोबास गर्ने नेपालीहरुले आमाघरको सहयोगार्थ एक लाख पचहत्तर हजार एक सय त्रिचालिस रुपैयाँ सहयोग पठाएका हुन् ।
उनीहरुलेृ श्रेष्ठको थानकोट स्थित बैंकको बचत खातामा जम्मा गरिएको कुरा सहयोग संकलन समितिका संयोजक होम आचार्यले जानकारी दिनुभयो । दिलशोभाले रविभवनस्थित आफ्नै घरमा करिव ८५ जना बेसाहारा वृद्धा तथा बालबालिकाहरुलाई पालन पोषणगर्दै आउनु भएको छ ।

No comments:

Post a Comment