Sunday, July 29, 2012

तुइनमा अड्किएका पाँचजनाको प्रहरीद्वारा उद्दार

रमेशकुमार पौडेल, चितवन, साउन १४- तुइनको घिर्नी बिग्रेपछि त्रिशुली नदीको बीच भागमा अडि्कएका पाँचजनालाई प्रहरीले सकुशल उद्दार गरेको छ। आइतबार दिउँसो एक बजे चितवन कविलास-६ सिमलतालबाट तुइनमा चढेर तनहुँ जाँदै गरेका उनीहरु घिर्नी फुस्केपछि नदीको बीचमा अड्किएका थिए।
स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुको उद्दार भएको हो। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उद्दारका लागिइलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीका प्रहरीहरु घटनास्थल गएका थिए।

No comments:

Post a Comment