Sunday, July 29, 2012

राजेश हमाल बाघका दूत

१४ साउन, काठमाण्डौ । नायक राजेश हमालले बाघ संरक्षका लागि काम गर्ने भएका छन् ।
तेस्रो बाघ दिवसका अबसरमा नेपाल सरकारले आज हमाललाई बाघ बचाउ अभियानको सदभाव दूत नियुक्त गर्दैछ । ललितपुरको होटल हिमालयनमा हुने बिशेष कार्यक्रममा बनमन्त्री यदुबंश झाले हमाललाई दूत नियुक्त गर्दैछन् ।
यसअघि मिस नेपाल २००९ जेनिसा मोक्तानलाई सरकारले बाघ संरक्षण अभियानको दूत नियुक्त गरेको थियो । नयाँ दूतको भूमिकामा राजेशले बाघको चोरी सिकारी विरुद्धकोअभियानमा सहभागी बन्नेछन् ।
यसैवीच नेपालसहित बाघ पाइने बिश्वका १३ मुलुकमा आज बाघ संरक्षण दिवस मनाइदै छ । सन् २०२२ सम्म बिश्वमा बाघको संख्या दोब्बर बनाउने योजनासहित तीन बर्षअघिदेखि बाघ संरक्षण बर्ष मनाउन थालिएको हो । सन् २००९ को गणनाअनुसार १ सय ५५ वटा बाघ रहेका छन र यो संख्या निरन्तर बढिरहेको छ । नेपाल सरकारले आगामी हिउँदमा पुनः बाघ गणना गर्ने योजना बनाइरहेको छ ।
संख्या बढिरहेपनि नेपालमा बाघको चोरी सिकारी पनि त्यतिकै भइरहेको छ । सरकारले यस बर्षमात्रै दुर्लभ बन्यजन्तुका अंग कारोवार गर्ने १ सय १६ जनाबिरुद्ध मुद्दा चलाएको छ जसमध्ये अधिकांश बाघको अंगको तस्करी गर्नेहरु छन् ।

No comments:

Post a Comment