Sunday, July 29, 2012

बेग्लाबेग्लै सवारी दुर्घटनामा २ को मृत्यु, ३ घाइते

बरुण पनेरु, डडेल्धुरा, साउन १४- बैतडीको खोड्पेबाट समान बेचेर फर्किदै गरेको से१ज २५२ नम्बर जिप सिद्धेश्वर गाविसको आरुबाटा नजिक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएको डडेल्धुरा प्रहरी प्रमुख विनोद घिमिरेले बताए।जिपका चालक वीरमान ऐरको मृत्यु भएको छ।
कैलालीबाट समान बिक्रि गर्न आएको जिप सुसिल स्टोरको भएको प्रहरीले जनाएको छ। घाइतेको टिम अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। जिप खोड्पे नजिकैको भिरमा करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
यसैगरी राससका अनुसार पर्साको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
वीरगन्ज बाइपास सडकखण्डको नगवाचोकमा ज१ह ६१ नम्बरको टेम्पोले रिक्सालाई ठक्कर दिँदा रिक्सामा सवार नगवा नयाँबस्ती निवासी ३० वर्षीयारेजीमा सहनीको मृत्यु भएको छ भने उनका हजुरबुबा जालिम सहनी गम्भीर घाइते भएका छन्। निजको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी, रामगढवामा मोटरसाइकलले ठक्कर दिँदा रामप्रकाश पटेल गम्भीर घाइतेभएका छन्। घाइते पटेलको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक भने फरार रहेको हुँदा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। रासस

No comments:

Post a Comment