Saturday, July 28, 2012

गर्भवती श्रीमतीको हत्या गरी श्रीमान् फरार

१३ साउन, वीरगञ्ज । वीरगञ्जमा श्रीमान्ले आफ्नै गर्भवती श्रीमतीको हत्या गरी फरार भएका छन् ।
चार महिनाको गर्भवती रहेकी सोनीदेवी गोसाईलाई उनकै श्रीमान् भारत बिहार पश्चिमिचम्पारण बेतिया थान बसवारिया गाउँ निवासी बादल गोशाई -दास) ले शनिबार बिहान डोलीले घाँटी थिची हत्या गरी फरार भएका हुन् ।
केही दिनअघि उपचारका लागि बीरगन्ज उपमहानगरपालिका -५ भगवतीटोलमा अवस्थित माइती आएकी सोनीसँग भेट्न शुक्रबार ससुराली आएका श्रीमान् बादद र सोनी राति एउटै कोठामा सुतेको र बिहान १० बजेसम्म सोनी बसेको ढोका नखुल्दा चिन्ता भई कोठाको ढोका फोडेर हेर्दा उनी ओछयानमा मृत अवस्थामा फेलापरेको र श्रीमान् कोठाको झयालबाट फरार भएको मृतकका मामा शर्मा गोशाईले जानकारी दिनुभयो ।
सानै उमेरमा पिताको मृत्यु भएकी सोनीको गत वैशाखमा भारतीय नागरिक बादलसँग विवाह भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

No comments:

Post a Comment