Tuesday, July 31, 2012

डनहरुलाई पार्टीमा तान्न प्रतिष्पर्दा

१६ साउन, काठमाण्डौं । ‘अन्डरवल्र्ड’का ‘डन’हरु सार्वजनिक छहारी खोज्दै नेताको विश्वासपात्र बन्ने होडवाजीमा छन् । पहिले निमुखा जनताका लागि लड्ने नेताहरु अहिले डनका संरक्षक बन्न पाउँदा खुसी हुन थालेका छन् ।
प्रहरीको फन्दाबाट बच्न काभ्रेली समुहका नाइके गणेश लामा दुई बर्षअघि मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य बनेको छन् । पहिले राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाका भक्त लामा पछि विजयकुमारको प्रभावमा परेर उनकै पछि लागेका हुन् ।
त्यस्तै पहिले काँग्रेसलाई सहयोग गर्ने दिपक मनाङगे अहिले संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रीय उपाध्यक्ष रहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । प्रहरीको छायाँ देख्दा भाग्ने गणेश लामा गच्छादारको पार्टीका नेता भएपछि प्रहरीको सरुवा गर्ने हैसियतमा पुगेका छन् ।
कुमार घैटे भने काँग्रेस नेता अर्जुन नरसिंह केसीका नजिकका पात्र मानिन्छन् । हनुमान ढोका जाँदा पनि उनी जगदीश्वरनरसिंह केसीसँगै गएका थिए । तरुण दलको सास्कृतिक विभागका सदस्य रोज राणा शेरबहादुर देउवा र खुमबहादुर खड्कासँग सम्बन्ध रहेको छ ।
चर्चित चक्रे मिलन अहिले जेलमा छन् । नेता प्रदीप नेपालसँग पुरानो सम्बन्ध भएका उनलाई भेट्न अखिलका धेरै नेताहरु जेलमै भेट्न जाने गरेका छन् ।

No comments:

Post a Comment